Friday, April 27, 2012


'नेपालीहरुलाई सेक्स गर्न आउदैन' (करुणा कुँवर, मनोविज्ञ -फेमिली थेरापिस्ट )


नेपालमा यौनका विषयमा खुलेर कुरा गरिदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । प|mायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि प|mायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्विकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारीवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मूख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन व्यवहार एवं त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्य करुणासँग यसपटक साप्ताहिकले नेपालीहरुको यौन मनोविज्ञानका विषयमा खुलेर कुरा गर्‍यो ।


तपाईंलाई फेमिली थेरापिस्ट भन्दारहेछन्, मनोविज्ञानभित्र फेमिली थेरापि कहाँ पर्दोरहेछ ?

मनोविज्ञान बृहत्त विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा संभव भएको हो भन्दा फरक पर्दैन । त्यहि मानवको एउटा महत्वपर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ ।
तपाईंंसँग उपचारका लागि धेरै युगल जोडी आउने गरेको थाहा पाएँ, युगल जोडीका मुख्य समस्याहरु के के रहेछन् ? 
पुरुष् होस् वा महिला, सुरुमा उहाँहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठिक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन् भनेर समस्या लिएर आउँछन् ।  कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ ।
युगल जोडीमा सेक्सकै कारण समस्या आएको कति पाउन भयो, प्रतिशतमा भन्न सकिन्छ ?

९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुशी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा विपरित भएको थियो भने बेग्लै कुरा हो, न त्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रुपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यहि भन्छ, मेरो प्राक्टिसमा पनि यहि पाएको छु ।
केही उदाहरण दिन सकिन्छ ?
धेरै जोडी विवाहको ५-७ वर्षपछि मकहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर विवाहको पहिलो वर्ष त्यहि व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्‍यो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यहि व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछ, अनी सम्बन्ध विग्रन थाल्छ ।

नेपालीहरुको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो ?

सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र   पर्छ । त्यसबारे धेरैले ध्यान दिदैनन् । मुख्य कुरा सेक्समा पुरुष हावी हुने गरेका छन् । अनी महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहिँबाट सुरु हुन्छ । वास्तवमा सेक्स कसका लागि, के का लागि भन्ने कुरा हामी प्रष्ट छैनौं ।
नेपाली महिलाहरु सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो ?
उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराव कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेनत मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् । तपाईंले कतिपय महिलाहरु सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसका कारण नै उनीहरुमा सेक्स प्रति भएको वितृष्णा हो । जवकी नाङ्गो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।
नेपालका शहरी क्षेत्रमा महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ ?
शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो । यौन क्रियाकलापका बेला दुबै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरुका लागि अप्राकृतिक भए पनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।
अहिले गुदा मैथुन, मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनले के पाउनु भयो ?
विदेशमा विशेषगरी शिक्षित जोडीहरु सेक्समा समान सहभागिता खोज्छन् । यदि कुनै पुरुषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यहि रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यहि कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् । यहि कारण आफ्नो पार्टनरले मुख मैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्ने वित्तिकै पुरुष लिङ्ग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुबैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।
किशोरीहरुमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ?
किशोर वयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोली यसलाई कन्भर्जन डिस्अर्डर भनिन्छ । पहिलो हिस्टेरिया भएका युवतीलाई विवाह गरिदिदा यो रोग हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भन्ने ब्याख्या गरियो । तर आजभोली यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ ।
विवाहको केही वर्षपछि पुरुषहरु आफ्ना श्रीमतीको यौन चाहाना कम भएको भन्ने गर्छन् । उनीहरु परस्त्री गमन गर्न थाल्छन्, फलश्वरुप परिवार नै विखण्डनको अवस्था आउने गरेको  छ । यसको खास कारण के हो ?

विवाहको पहिलो वर्ष महिलाहरु पुरुषप्रति जति समर्पण हुन्छ, त्यो सन्तान जन्मिएपछि कम हुँदै जान्छ । उनीहरुको ध्यान आफ्नो श्रीमान्भन्दा छोरा-छोरी प्रति जान्छ । तर पुरुषले श्रीमतीबाट त्यहि व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले वाहिर आँखा लगाउन थाल्छ । मसँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ ।
नेपालमा एकथरी महिला छन्, जसका लागि यौन लाजको विषय हो । तर अर्काथरी महिला यस्ता पनि छन्,

जो खुलारुपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन्, यसलाई कसरी लिनुहुन्छ ?

धेरै महिलाका लागि यौन लाजको विषय हो । तर लाजको विषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुबैले वाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् । यहाँ महिला मात्र होइन, पुरुषले पनि कहिले प|mन्चकट दारी पालेर होस् वा आफूलाई सफाचट राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिहरेको हुन्छ । आज तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा यहाँ राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढि यौनइच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।


यति हुँदाहुँदै पनि नेपालीहरु किन यति हिप्पोक्र्याट भएका ?
किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कदै गरेकी छोरीलाई, बुवाले उमेर बढ्दै गएको छोरालाई खुलेर कुरा गरेनन् । उनीहरुले यसलाई लाजको विषय भनें । शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्क्षना लगाएपछि विचरा यौन कलंंकित हुने नै भयो । म सभ्य छु भन्नेहरुले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो ।

अहिलेको नयाँ पुस्ता घरमा यौनलाई गलत भनेको सुन्छ, तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबैकुरा सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने ?

यो गम्भीर अवस्था हो । वाहिरबाट आएको ज्ञान खराव पनि हुन सक्छ । यदि घरबाट, विद्यालयवाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सहि ज्ञान पाउँछ, न त्र यसबाट विकृत व्यक्तिलाई जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकहरुले थाइल्याण्डमा यहि विषयमा चर्चा गरेका थियौं । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ ।


अश्विनी कोइराला 

Hello Readers !! M in the blogging World !!