Thursday, April 11, 2013

काठमाडौं सहर हेर्दा लाग्छ रहर...
अश्विनी कोइराला
काठमाडौंवासीका लागि खुशीको खवर ! अब काठमाडौं फोहोर, दुर्गन्धित एवं जामयुक्त सहरको रुपमा चिनिने छैन । काठमाडौं देशकै लागि गौरव वन्ने भएको छ । फराकिला सडक, ओभरहेट बि्रज एवं फूटपाथको उचित व्यवस्थाले काठमाडौं देशको राजधानी भनेर गर्व गर्न लायक बन्ने भएको छ । सहरमा राती झिलिमिली बत्ति बल्नेछ । सवारी साधनले मानिसको चाप थेग्न नसक्ने भए मेट्रो रेल हाजिर हुनेछ । वर्ष २०६९ वाट प्रारम्भ हुने यो अभियानले काठमाडौंभित्रका ४ सय किलोमिटर सडकलाई झण्डै दोब्बर चौडा बनाउने छ । 'योजना अनुसार काम भयो भने अब काठमाडौं सहर आँखामा नबिझाउने बन्ने छ, यो हाम्रो राजधानी हो भनेर गर्व गर्न सकिने छ ।' नगरविकास नियोजक भाइकाजी तिवारी भन्छन्, 'बजेट, म्यानपावर एवं राजधानीवासीको सहयोग हेर्दा यो लक्ष्य २०७० सालमा पुरा हुने देखिन्छ ।'
अघिल्लो वर्ष प्रंारम्भ भएको 'काठमाडौं सहर अभियान वाटो चौडा पार्ने कामबाट प्रारम्भ भएको थियो । प्रधानमन्त्री, नगरविकास एवं ट्राफिक प्रहरीको सक्रियतामा सुरु भएको यो अभियानले काठमाडौंका सबैजसो सडक चौडा पारिसकेको छ । राष्ट्रपति निवासबाट सुरु भएको सडक चौडा अभियान प्रधानमन्त्री निवास हुँदै चारखाल अड्डा, तीनकुनेदेखि बबरमहल हुँदै सबैजसो सडकमा डोजर चलिसकेको छ । यो अभियानअन्तर्गत महानगर क्षेत्रको सबै मुख्य मार्ग फराकिलो भइसकेका छन् भने साँगुरा सडकपेटी तथा अनधिकृत तवरमा बनाइएका घरटहरा र कुनाकाप्चाका संरचना भत्काउँदै नदीकिनारमा बसेका सुकुम्बासी बस्तीका छाप्राटहरा भत्काउनेसम्म पुगेको छ । वैशाखभरीमा फरकाकिलो भएका सडकमा पीच गर्ने, विजुलीका पोल एवं सकड फोहोर देखिने सबै बस्तु हटाइने योजना छ । 'हामी काठमाडौंभित्रका करिब चार सय किलोमिटर सडक चौडा पार्दैछौ ।' तिवारीले साप्ताहिकसँग भने, 'सडक व्यवस्थापन सँगै जनघनत्व अनुसार छहारीसहितको बस वे -बिसौनी), ट्याक्सी स्ट्यान्ड, ट्याक्सी तथा निजी गाडी पार्किङ क्षेत्र पनि निर्माण गरिने लक्ष्य छ ।'
यसका लागिकाठमाडौं महानगरपालिका र मुलुकका प्रतिष्ठित व्यवशायीबीच सहकार्य हुने भएको छ । चैतमा नेपाल चेम्बरर्स एन्ड कमर्स हलमा भएको उक्त भेलामा भएको सहमति अनुसार काठमाडौं उपत्यकाभित्र रहेको पाकिङ् व्यवर्थापन, ट्राफिक व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, होडिङ्बार्ड व्यवस्थापनमा निजी क्षेत्रले लगानी गर्नेछ ।
फ्लाईओभर र आठ लेनको चक्रपथ
सडक चौडा पारेर मात्र काठमाडौंमा हुने सडक जाम व्यवस्थित नहुने भएपछि चीनले काठमाडौंका मुख्य चौकमा फ्लाईओभर बनाइदिने भएको छ । पहिलो चरणमा नारायणगोपाल चोक, चाबहिल र कलंकीमा फलाइओभर -आकाशे सडक) बनाउन चीन सरकारले अर्थ मन्त्रालयलाई खर्च उपलब्ध गराउने सहमति जनाएको हो । यहि कार्यका लागि आएको सात सदस्यीय चिनियाँ प्रविधिक टोलीले बैशाखको पहिलो साता अनुसन्धानको काम सकेको छ । उसले तयार गरेको प्रतिवेदनमा र्लाइओभरको स्वरुप, लर्बाइ, चौडाइ र उचाइ, कति जर्गाको आवश्यकता पर्न, कति लागत चाहिने, कति लेनको बनाउनेलगायतका पक्षहरु समेटेको छ । चीनले बनाइदिने ती फ्याइओभरले मात्र समस्या समाधान हुने नदेखेपछि सरकार आफैले थप नौ स्थानमा फ्लाइओभरको संम्भाव्यता अध्ययन गरी पँाच स्थानमा फ्र्लाइओभर निर्माण गर्न तयारी गरेको छ । सरकारले बनाउने फ्याइओभरचाहिँ बालाजु, गोंगबु, लैनचौर, केशरमहल, त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वरलगायतका स्थान छन् ।
नयाँ बानेश्वरमा फ्लाईओभरका निम्ति माटो परिक्षण थालिसकेको सडक विभागले जनाएको छ । विभागले एक स्थानमा पैदलयात्रुले सडक पार गर्न र अर्को स्थानमा सवारी नै ओहोरदोहोर गर्न हिसाबले दुईवटा सब वे -भूमिगत मार्ग) को तयारी पनि थालेको छ । कलंकीदेखि एयरपोर्टम्म आउजाउ सहज पार्न उद्देश्यले अघि बढाइएको तीनवटा र्लाइओभरमध्ये एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म, अर्को कालिमाटीमा र तेस्रो सहिदगेटदेखि त्रिपुरेश्वरको आँखा अस्पतालसम्म राखिनेछ । यसका निम्ति विभागले अध्ययन सुरु गरिसकेकेा जनाएको छ । विभागका अनुसार यी सबै र्लाइओभरको काम अघि बढाउन 'र्वाइल टेस्ट प्रालि' र 'अभियान कन्सल्टिङ कम्पनी'लाई जिम्मेवारी दिइएको छ । माइतीघर-तीनकुने खण्डमा पर्न फ्लाइओभरको डिजाइन तयार भैसकेको छ । 'नयाँ बानेश्वर चोकैमा ४० मिटरको पुलसहित दुवैतर्फ १ सय ७० मिटर भिरालो संरचनाको नमुना डिजाइन तयार पारिसकेका छौं,' विभागका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले साप्ताहिकसँग भने, 'माटो परीक्षणको काम पनि सम्पन्न भइसकेको छ।' शाक्यका अनुसार यि फ्लाइओभर दुई टुक्रामा विभाजित गरेर एउटा थापाथलीदेखि त्रिपुरेश्वरसम्म र अर्क कालिमाटी चोकमा बनाउने निर्ण गरिएको हो । अब त्रिपुरेश्वरबाटै थापाथली पुग्ने फलाइओभर दुई लेन चौडा बन्नेछ । माइतीघरतर्फजानेले र्लाइओभर प्रयोग गर्नपर्नछ भने कुपण्डोलतर्फजानेले हालकै तलको बाटो प्रयोग गर्न हिसाबले यसको डिजाइन गरिएको छ । त्यसैगरी मैतीदेवीदेखि पुरानो बानेश्वर हुँदै सिनामंगलसम्म निस्कने अर्क भूमिगत मार्गे बनाइने छ । योजना अनुसार नयाँ बानेश्वरमा सडकको तल्लो भागमा प्यासेज बनाएर सडकको चारै कुनामा एक्सिट प्वाइन्ट राखिनेछ । त्यसबाहेक सडक विभागले मैतीदेवीदेखि पुरानो बानेश्वरमा हाल भएको सडक मुन्तिरबाट सुरुङ मार्गनिर्माण गर्न तयारी गरेको छ ।
काठमाडौंलाई अझ स्तरीय बनाउन उपत्यकाभित्रको आठ लेनको चक्रपथ बनाउने तयारी पनि सरकारले गरेको छ । हालको दुई लेनको चक्रपथको क्षमता विर्तारका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले प्रकि्रया अगाडि बढाएको हो । सवारीसाधन चापको अनुपातमा सडकको चौडाइ सानो भएपछि डिभिजन सडक कार्यालय काठमाडौंले गत वर्ष भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रर्ताव पठाएको थियो । उक्त प्रर्तावलाई मन्त्रालयले स्वीकृत गरेको हो । २७ दशमलव ८ किलोमिटर लामो चक्रपथमा लेन थप गर्नसाढे ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
सडक विभागका नाममा रहेको खाली जर्गालाई अधिकतम उपयोग गर्न र राजधानीवासीलाई सवारी जामबाट मुक्त गराउन चक्रपथमा नयाँ संरचना थप ्रगर्नपरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णबहादुर कडरियाले जानकारी दिए । विस्तारित चक्रपथ दुई चरणमा निर्माण गर्न योजना डिभिजन सडक कार्यालय काठमाडौंले गरेको छ । पहिलो चरणमा ललितपुर र काठमाडौं छुट्याउने मनहरा नदीमा निर्मित बालकुमारी पुलदेखि पशुपति नजिकको तिलगंगापुलसम्मको ४ दशमलव ३ किलोमिटर सडकका लागि ५१ करोड रुपैयाँ अनुमान गरिएको छ । दोस्रो चरणको बाँकी ठाउँ २३ दशमलव ५ किलोमिटरका लागि ४ अर्व रुपैयाा लाग्ने अनुमान छ । आठ लेन सडकमा चार लेन तीव्र गतिमा गाडी गुडाउने सडक बन्नेछ । अन्यमा तीन मिटरको फुटपाथ, तीन मिटरको साइकल लेन, ६ मिटरको सर्भिस ट्रयाक, दुई मिटरको सडकको पानी बग्ने नाली, सात मिटरको बगैंचा, एक मिटरको साइड नाली र सात मिटरको दुई/दुई लेनको स्पिड हाइवे बनाउने योजना छ । हाई स्पिड एक लेनको चौडाइ तीन दशमलव पाँच मिटर हुनेछ । चार लेनको बीचमा दुई/दुई मिटर फराकिलो फूलवारी बनाउने योजना छ । सडकको पूरा चौडाइ ६२ मिटर हुने प्रर्तावमा उल्लेख छ ।'सडकको दायाँबायाँको २५/२५ मिटर खाली छ,' कडरियाले साप्ताहिकसँग भने, 'यो खाली स्थानलाई सदुपयोग गरेर काठमाडौं साच्चैको सुन्दर नगर बनाउने मन्त्रालयको योजना छ ।'
काठमाडौं महनागर पालिकासँग जोडिएका ललितपुर र भक्तपुर पनि सुन्दर बन्नेछन् । भक्तपुर जोड्ने तीनकुने-सूर्यविनायक ६ लेन सडकमा १५ वटा आकासेपुल बन्ने भएका छन्ा् । नमुनाका लागि गठ्ठाघर चोक जडिबुटी, लोकन्थली, कौशलटार र गठ्ठाघरमा पुल बनिसकेको छ । अहिलेसम्मको नमूना सडकको रुपमा चिनिएको उक्त सडकका कारण उसै पनि काठमाडौंको सोभा बढाइरहेको छ । 'पुरै सडक संरचना भएपछि उपत्यका नै सुन्दर देखिनेछ ।' काठमाडौं -भक्तपुर सडक विस्तार आयोजनाका इन्जिनियर कृष्णबहादुर थापाले भन्छन्, 'यहि सुन्दर योजना र दुर्घटना क मगर्न भक्तपुर खण्डमा ११ वटा ओभरहेड बि्रजको ठेक्का पुरा गरिएको हो ।' चार वटा पुल बनाउने ठेर्का गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनले पाएको छ ।आयोजनाका अनुसार कोटेश्वर, गठ्ठाघर, टिबी अस्पताल, ठिमी, एसएस कलेज, राधेराधे, सिर्जनानगर, सर्लाघारी, सुवर्णचोक, चुनदेवी र सूर्यनिायकमा पुल बन्न लागेका हुन्ा् । नयाँ बन्ने १५ वटा पुलमा र्यापारिक दृष्टिकोणले सटर नबन्ने भएको छ । ट्राफिक र सडक कार्यालयको आवश्यक सामान राख्न दुई वटा साना कोठा बन्ने छन्ा् । नयाँ बन्ने सबै पुलमा सिसिटिभी जडान गर्न योजना रहेको उनले बताए । 'सडकको गतिविधि अवलोकन गर्न क्यामेरा जडानका लागि जाइकासँग कुरा भइरहेको छ,' थापाले भने, 'जाइकाले हाम्रो योजनालाई सकारात्मक लिएको छ ।' सूयविनायक र कोटेश्वरमा कन्ट्रोल रुम राखेर सडकको गतिविधि नियाल्ने सडकको योजना छ ।
त्यसपछि मेट्रो
काठमाडौंका योजनाकारहरु यत्तिमा पनि चित्त बुझाइरहेका छैनन् । काठमाडौंलाई दीर्घकालीनरुपमा आकर्षक सहर बनाउन काठमाडौं मेट्रोको योजना अधि ल्याइएको छ । सरकारले यसको प्रारम्भिक खाका तयार पारिसकेको छ । योजनाअनुसार रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने एक गरि ५ वटा लाइन पस््रताव गरिएको छ । रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जाड्ने छ । ६६ दशमलव १ किलोमिटर लामो रेलसंंजालको मुख्य टर्मिनल रत्नपाक लााई बनाउने प्रस्ताव गरिएको छ । कुल ३१ स्टेशन रहने काठमाडौं मेट्रो रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र शहिदगेड, जमल र नारायणहिटी गरि कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्त गर्न ट्रान्सफर स्टेसन बनाउने प्रर्ताव गरिएको छ । अन्य २१ ठाउँमा यात्रु चढ्ने र ओर्लने स्टेसन बनाउने प्रस्ाव गरिएको छ । काठमाडौं मेट्रो बनाउन संभावत्या अध्ययन गर्न जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट रेल बिभागलाई पेश गरेको हो । कोरियाको चुङसुङ इन्जिनियरिङ, कोरिया रेलवे नेटवर्कअथोरिटी तथा नेपालका तर्फाट इएमआइसी तथा बिडिए नेपालले मेट्रो रेलको प्रारम्भिक सर्भाव्यता अध्ययन गरेको हो ।
सुन्दा कल्पना जस्ता लाग्ने यी कार्य धमाधम सुरु भएको देख्दा भन्न करै लाग्छ, काठमाडौं सहर हेर्दा लाग्छ रहर...।

No comments:

Post a Comment